नियम १८
पुनरावेदन समितिका सदस्यको नियुक्ति -
१) पुनरावेदन समितिका सदस्यमा देहाय बमोजिम योग्य व्यक्तिलाई नियुक्त गरिनेछ –
(क)कानून विषयमा कम्तीमा स्नातकोपाधि हासिल गरी सो क्षेत्रमा कम्तीमा दश वर्ष अनुभव हासिल गरेको,
(ख) इन्जिनियरि· सेवा, सिभिल समूह, विल्डि· एण्ड आर्टिटेक उपसमूहमा राजपत्राड्ढित प्रथम श्रेणीको पदमा कम्तीमा पा“च वर्ष कार्य गरेको ।
(२) पुनरावेदन समितिका सदस्यको पदावधि तीन वर्षको हुनेछ ।
(३) उपनियम (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै सदस्यले आफ्नो पदीय जिम्मेवारी पूरा नगरेमा वा निजमा कार्य क्षमताको अभाव भएमा प्राधिकरणले निजलाई जुनसुकै बखत सदस्यको पदबाट हटाउन सक्नेछ ।
तर त्यसरी हटाउनु अघि सफाई पेश गर्ने मौकाबाट बञ्चित गरिने छैन ।